Rule 5
बैठक सम्बन्धी कार्यविधि

(१) राष्ट्रिय समितिको बैठक आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, स्थान र समयमा बस्नेछ ।
(२) कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा राष्ट्रिय समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) बैठकको अध्यक्षता राष्ट्रिय समितिको अध्यक्षले र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरु मध्ये वरिष्ठ सदस्यले गर्नेछ । बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(४) बैठक सम्वन्धी अन्य कार्यविधि राष्ट्रिय समिति आपैmले निर्धारण गरे बमोजिम हुनेछ ।